अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

सरकारको पछिल्लो कदम प्रति नेपाल निर्माण व्यबसायी महासंघको आपत्ति

बिआरटीनेपाल २०७५ जेठ २२ गते १०:३० मा प्रकाशित

नेपाल निर्माण व्यवसायी महासङ्घले मुलुकको निर्माणमा अहोरात्र खटिएका निर्माण व्यवसायीलाई निरुत्साहित गर्ने गरी भइरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासङ्घ व्दारा आज जारी विज्ञप्तिमा निर्माण परियोजना तोकिएको समयमा पूरा नहुनु व्यवसायीको मात्र दोष नभएको भन्दै एकोहोरो ढङ्गले व्यवसायीलाई मात्र आरोप लगाई कारबाही हुन थालेको भन्दै कडा आपत्ति जनाइएको हो।

महासङ्घले गलत काम गर्ने व्यवसायीलाई विधि र प्रक्रियासम्मत कारबाही गर्न सकिने स्पष्ट आधार हुँदाहुँदै एउटा ठुलै अपराधीजस्तो गरी कार्यस्थलबाटै पक्राउ गरिएका घटनाप्रति आपत्ति जनाएको छ।

कुनै पनि निर्माण कार्य भइरहँदा ठेक्का सम्झौताअनुसार उक्त कार्यको अनुगमन तथा निरीक्षण गर्ने संयन्त्रले प्रभावकारी ढङ्गले काम गर्ने हो भने दोषी कदापि उम्कन नपाउने भन्दै कुनै पनि समस्यामा नपार्न तथा दोषी जो कोहीलाई कानूनसम्मत ढङ्गले न्यायको कठघरामा उभ्याउन अपिलसमेत गरेको छ।

‘टुण्डी–रमण निर्माण कम्पनीले संयुक्त रूपमा सञ्चालन ढङ्गले रानी–विराटनगर–इटहरी–धरान सडकखण्ड निर्माण गरिरहेकै अवस्थामा स्थानीयवासीको गुनासोका आधारमा परियोजना प्रबन्धकलगायतलाई हिरासतमा लिई कारबाही गरिएको घटनाप्रति महासङ्घले गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू