अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

नेकपासँग पार्टी एकता गर्ने उपेन्द्र यादवको तयारी, संविधान संशोधनको मुद्दा ओझेलमा

बिआरटीनेपाल २०७५ जेठ २० गते १०:५९ मा प्रकाशित

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्दै यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागि भएपछिसंविधान संशोधनका बारमो विगतमा लिएको अडानबाट पछि हट्ने संकेत देखिएको छ ।

कुनै बेला नेकपा एमाले र कुनै बेला नेकपा माओवादी बनेको यादव अहिले तिनै एमाले र माओवादी एक भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारमा सहभागि भएका छन् ।

अब उनी संविधान संशोधनको मुद्दा छोडेर नेकपासँग एकता गर्नेतिर केन्द्रित भएको पाईको छ । ६ महिनाभित्रमा नै फोरमलाई नेकपामा विलय गराउने योजनासहित यादव सरकारमा सहभागि भएको बुझिएको छ ।

विचारका हिसाबले विगतदेखि नै एमाले र माओवादीसँग नजिक रहेका यादव कम्युनिष्ट धारकै नेता हुन् । अहिले पनि कम्युनिष्ट धारकै विचारसँग उनको विचार मेल खान्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा केपी ओली, प्रचण्ड र यादवको एकमत छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू