अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण तिव्र

बिआरटीनेपाल २०७५ जेठ १९ गते २०:४९ मा प्रकाशित

बूढीगण्डकी आयोजना मुआब्जा वितरणलाई तिव्रता दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आयोजनाका लागि चालू आवमा सरकारले विनियोजन गरेको रु १० अर्बमध्ये हालसम्म करिब रु ३ अर्ब रकम वितरण भइसकेको छ। चालू आवको बाँकी रहेको अवधिमा सकेसम्म बढीभन्दा बढी मुआब्जा वितरण गर्ने तयारी गरिएको छ।

आगामी आवमा सो आयोजनाका लागि रु १८ अर्ब बजेट विनियोजन गरिएको छ।सरकार आफैले बनाउने बनाउने तयारीमा छ ।आव २०७३/७४ मा विनियोजन गरिएको रु ५ अर्ब रकम विनियोजन गरिएको थियो। आयोजनाको प्रभावित क्षेत्रका स्थानीयवासीलाई मात्रै रु ६३ अर्ब रकम वितरण गर्नुपर्ने आवश्यकता छ।

आयोजनाका लागि नेपाल आयल निगमले भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार करबापत हालसम्म रु १८ अर्ब रकम जम्मा भइसकेको छ। धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले पछिल्लो एक सातामा मात्रै रु ४१ करोड वितरणका लागि विनियोजन गरिसकिएको बताए ।

उनले मुआब्जा निर्धारण हुन बाँकी रहेको खहरे बजार र आरुघाटको समेत शीघ्र मुआब्जा निर्धारणका लागि प्रक्रिया थालिने र सम्बद्ध पक्षसँग बसेर निष्कर्ष निकालिने काम पनि भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू