अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

छायांछवि काब्यशृंखलमा गुञ्जिए ज्ञानुवाकर र सुधा

बिआरटीनेपाल २०७५ जेठ १९ गते १०:०० मा प्रकाशित

छायांछवि क्रियशनले विगत ८ महिनादेखि आयोजना गर्दै आएको छायाँछवि काव्य शृङ्खलाको आठौँ सिलसिलामा वरिष्ठ गजलकार एवं मुक्तककार ज्ञानुवाकर पौडेल र युवा पुस्ताकी गजलकार डा.सुधा शाही प्रस्तुत भएका छन् । सधैजसो काव्य शृङ्खलामा कविता र गजल प्रस्तुत गर्दै आएकोमा यस पटक भने मुक्तक र गजल प्रस्तुत गरिएको थियो ।कार्यक्रममा स्रष्टा वरिष्ठ गजलकार एवं मुक्तककार ज्ञानुवाकर पौडेलले करिब डेढ दर्जन मुक्तक सुनाए । पौडेलले प्रेम, रोमान्स एवं सामाजिक व्यङ्ग्यका मुक्तक सुनाएका थिए । त्यस्तै कार्यक्रमकी अर्की स्रष्टा डा.सुधा शाहीले करिब १० वटा गजल सुनाइन् । शाहीले राजनीतिक, सामाजिक एवं प्रेमका गजल सुनाएकी थिइन् । साथै डा.सुधाले नेपालीको अलावा हिन्दी पनि गजल सुनाएकी थिइन् ।

कार्यक्रममा प्रस्तुत गरिएकोमा मुक्तककार ज्ञानुवाकर पौडेल र गजलकार सुधा शाहीले आभार प्रकट गरेका थिए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथिको रूपमा गजलकार ललीजन रावल थिए । रावलले कार्यक्रममा मुक्तक एवं गजलको समीक्षा गर्नुका साथै गजल एवं मुक्तकको बनोटका बारेमा चर्चा परीचर्चा गरेका थिए । रावलले यहाँ मुक्तक र गजलको अपभ्रसं गर्नेहरु पनि सक्रिय भएको बताएका थिए । रावलले तर अहिलेको जमाना गजलको भएको बताए । गजल गाउन पनि थालिएको छ जुन प्रशंशनिय भएको बताए ।

कार्यक्रममा संयोजक रश्मि रोदनले स्वागत मन्तव्य राख्दै साहित्य, सङ्गीत र चलचित्रको त्रिवेणीलाई एकीकृत बनाउने प्रयास स्वरूप यस किसिमको शृङ्खला सञ्चालन गरिएको बताइन् । मन्तव्य राख्दै रोदनले साहित्यको सक्रियताका माध्यमबाट यस क्षेत्रको प्रवर्धनका लागि एउटै इट्टा थप्न सकेमात्र पनि आफ्नो प्रयास सार्थक हुने बताइन् । कार्यक्रमका अध्यक्ष शान्तिप्रियले छायांछवि काव्य शृङ्खलाको औचित्यबारे प्रकाश पारे । शृङ्खला साहित्यकारहरूको साझा मञ्च भएको उनले बताए । हामीको विशिष्ट भन्दा पनि एक अर्कामा साक्षात्कार ठुलो भएको प्रियले बताए । कार्यक्रममा श्रष्टाद्वय मुक्तककार ज्ञानुवाकर पौडेल र गजलकार डा.सुधा शाहीलाई नगद सहित कदर सम्मान गरिएको थियो । छायांछवि काव्य शृङ्खलाको नवौँ सिलसिला आगामी असार १६ गते आयोजना गरिने पनि जानकारी दिइयो । कार्यक्रम यस पटकदेखि नेपाल चलचित्र सङ्घको सहकार्यमा विशालनगरमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू