अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

बालकृष्णलाई सरकारले आममाफी दिएको भन्दै नेविसंघको नग्न प्रदर्शन

बिआरटीनेपाल २०७५ जेठ १५ गते १०:२६ मा प्रकाशित

नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै आज कपडा खोलेर (नग्न) प्रदर्शन गरेको छ ।

नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद् ढुंगेललाई आममाफी दिएको विरोधमा नग्न प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोप समेत लगाउनुभयो । आइतबार मन्त्रिपरिषद्को बैठकले ढुंगेलसहित ८१६ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू