अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

आईपीएलमा दिल्लीको जीत, सन्दीप लामिछानेले लिए तीन विकेट

बिआरटीनेपाल २०७५ जेठ ६ गते १०:१७ मा प्रकाशित

काठमाडौं– आईपीएल क्रिकेटमा नेपाली दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ । 

आइतबार साँझ सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
१७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नुअघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।

मुम्बईको ब्याटिङ ध्वस्त बनाउने क्रममा नेपाली बलर सन्दिप लामिछानेले तीन विकेट लिए ।  उनको उत्कृष्ट प्रदर्शनसँगै मुम्बई इण्डियन्स निशास बन्न पुग्यो ।

खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिएर ३ विकेट लिएका थिए  ।

पहिलो ओभरमा बलिङ गर्न आएका सन्दीपले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।

यस्तै  १० औं ओभरको दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमै  किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू