अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 14:44

आज एमाले–माओवादीबीच एकता हुँदै

बिआरटीनेपाल २०७५ जेठ २ गते १९:५८ मा प्रकाशित

काठमाडौँ ।  नेकपा ‘एमाले’ र नेकपा ‘माओवादी’ केन्द्रबीच पार्टी एकता गर्ने सहमति जुटेको छ । लामो समयदेखि एकता प्रक्रियामा रहेको एमाले र माओवादी केन्द्रबिच बिहीबार पार्टी एकीकरण हुने भएको हो ।

मदन भण्डारीको २५ औँ स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका हुन्। बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबिच भएको एक्लाएक्लै वार्तामा भागवण्डा मिलेको हो।

आज ११ बजेका लागि बालुवाटारमै केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । माओवादीले पनि ४ बजे पार्टी सचिवालयको बैठक बोलाएको छ । ओली र प्रचण्डको वान टु वान वार्ताले आज १० बजे एकता संयोजन समितिको बैठक बोलाएको छ । यिनै विषयमा छलफल गर्न आजै बेलुका ४ बजे एमालेको स्थायी समिति बैठक बस्दै छ ।

एकीकृत पार्टीमा दुई अध्यक्ष, ४ सय ४१ जनाको केन्द्रीय कमिटी बन्ने, जसमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना रहने समझदारी भएको बारे अध्यक्ष प्रचण्डले बैठकमा व्रिफिङ गरेका एक मओवादी नेताले बताए । त्यस्तै ४३ सदस्यीय स्थायी कमिटीमा एमालेले २५ र माओवादी केन्द्रले १८ सदस्य पाउनेछ।

एकतापछि हाल एमालेको चुनाव चिह्न सूर्यमा नै सहमति भएको छ । दुई अध्यक्षबिच भएको सहमतिअनुसार पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू