अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

गायक कर्णराज गिरीको ‘भाइरल भयो रे’ मा मोडल नयन र मालाले रोमान्स गर्दै(भिडियो सहित)

बिआरटीनेपाल २०७५ वैशाख २८ गते २२:२८ मा प्रकाशित

काठमाडौँ : गायक कर्णराज गिरीको ‘भाइरल भयो रे’ बोलको म्युजिक भिडियो सार्वजनि भएको छ । एक दशक भन्दा बढी समयदेखि नेपाली सङ्गीत क्षेत्रमा रहेका गायक कर्ण राजको बहु प्रतिक्षित ‘भाईरल भयो रे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

म्युजिक भिडियोमा नयन डिसी र माला लिम्बुलाई उत्कृष्ट रूपमा प्रस्तुत गरिएको छ । ‘भाईरल भयो रे’ मा माला लिम्बु र नयन डिसीले नृत्य गरेका छन् भने गु्रभी ब्वाइज समूहले साथ दिएको छ । नारायण बस्नेतको शब्द रहेको ‘भाईरल भयो रे’मा गायक आफैले सङ्गीत भरेका छन् । म्युजिक भिडियोको निर्देशन नयन डिसीले गरेका छन् । दर्जनौँ चर्चित गीतहरू साङ्गीतिक क्षेत्रमा पस्केर चर्चा कमाएका गायक कर्णराज गिरिले यस गीतलाई फरक रूपले म्युजिक भिडियो मार्फत प्रस्तुत गरेका छन् l

 

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया