अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुखहरू समक्ष समृद्धिको मार्गचित्र प्रस्तुत

बिआरटीनेपाल २०७५ वैशाख २६ गते १०:२९ मा प्रकाशित

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले भन्नु भएको छ आर्थिक समृद्धिको लागि विद्यमान कानुनमा समेत समसामयिक सुधार आवश्यक भएकोले यस तर्फ सरकारसँग आफूले पनि पहल गर्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा वैशाख २६ गते गएको परिसंघको प्रतिनिधि मण्डलले परिसंघ—प्रवुद्ध परिषद्को समेत संलग्नतामा परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्ग चित्र एवं आवश्यक कानुनी सुधार सम्बन्धी प्रकाशनको प्रशंसा गर्नुहुँदै मार्गचित्र सम्बन्धी दृष्टिकोण  (Vision) सहित कानुन सुधारका क्रममा परिसंघले राम्रो थालनी गरेकोले यसप्रकारको प्रयासको लागि परिसंघलाई धन्यवाद समेत दिनु भयो ।

मार्गचित्रको थालनी कुन विन्दुबाट प्रारम्भ गर्ने अन्योल नै भएको वर्तमान वस्तुस्थितिमा सरकारलाई परिसंघको यस पहलले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे समेत उपस्थित हुनु भएको उक्त बैठकमा परिसंघका अध्यक्षले सभामुख र उपसभामुखलाई मार्गचित्र सहितको दस्ताबेज दिनुहुँदै निजी क्षेत्रको तर्फबाट परिसंघले तयार गरेको यो दस्ताबेज स्वयम् पूर्ण होइन तापनि विकासको सोच सहित विविध पक्ष समेटेर तयार भएको यस मार्गचित्रमा थप खुल्ला छलफल होस जसबाट सरकारलाई आर्थिक विकासका एजेन्डा तयार गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसै क्रममा परिसंघको प्रतिनिधि मण्डलले सोही दिन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र उपाध्यक्ष शशिकला दाहाललाई भेट गरी परिसंघको तर्फबाट अध्यक्षले उक्त मार्गचित्र सहितको कानुनी सुधार सम्बन्धी दस्ताबेज पेस गर्नुहुँदै समृद्धिको मार्गचित्रको आधार र यसभित्र समेटिएका विषयमा संक्षिप्त जानकारी गराउनु भयो ।

उक्त अवसरमा राष्ट्रिय सभाका अध्यक्षले आम नागरिकको आशा र आकाङ्क्षालाई पूरा गर्न विकास र रोजगारी मात्र मुख्य विकल्प भएकोले यस कार्यमा निजी क्षेत्रबाट तयार गरिएको प्रस्तुत मार्गचित्रले थप सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

उक्त दुवै भेटवार्ताको क्रममा परिसंघ—प्रवुद्ध परिषद्का संयोजक प्रा.डा. शम्भुराम सिंखडाले उक्त प्रकाशन बारे प्रकाश पार्नु भएको थियो । साथै दुवै भेटवार्तामा परिसंघका पदाधिकारीहरू, गभर्निङ्ग काउन्सिलका सदस्यहरू, परिसंघ प्रबुद्ध परिषद्का सदस्यहरू तथा राष्ट्रिय परिषद्का सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू