अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

नवनियुक्त सचिव फुयाँल र योगीद्वारा शपथ

बिआरटीनेपाल २०७५ वैशाख १९ गते ९:२६ मा प्रकाशित

राष्ट्रियसभाका नवनियुक्त सचिव राजेन्द्र फुयाँल र प्रतिनिधिसभाका नवनियुक्त सचिव गोपालनाथ योगीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सङ्घीय संसद् सचिवालयमा आयोजित एक समारोहकाबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सचिव फुयाँललाई र सभामुख कृष्णबहादुर महराले सचिव योगीलाई शपथ दिलाउनुभयो ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाको सिफारिसमा फुयाँललाई र सभामुख महराको सिफारिसमा योगीलाई सचिवमा नियुक्ति गर्नुभएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू