अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

कम्युनिस्ट आन्दोलन अवसरवादमा रुपान्तरित

बिआरटीनेपाल २०७५ वैशाख १६ गते १४:०३ मा प्रकाशित

नेपालगञ्ज, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सशस्त्र जनयुद्ध र दोस्रो जनआन्दोलनले आंशिक राजनीति परिवर्तन मात्र भएको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको कम्युनिस्ट आन्दोलन अहिले अवसरवादमा रुपान्तरित भएको छ, संसदीय व्यवस्थासँग सम्झौता भएको छ ।”

सच्चा कम्युनिस्टहरूले संसदीय व्यवस्थालाई उपयोग गर्ने हो, स्वीकार गर्ने होइन भन्दै महासचिव वैद्यले अहिले आफूलाई वाम र कम्युनिस्ट भन्नेहरूले नेपाली काँग्रेसकै संसदीय व्यवस्था मानेको विचार व्यक्त गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू