अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 07:28

शीघ्र महाधिवेशनको माग गर्दै ६ यूवा नेताको फरक प्रस्ताव

बिआरटीनेपाल २०७५ वैशाख ११ गते ८:०६ मा प्रकाशित

शीघ्र महाधिवेशनको मागसहित कांग्रेस केन्द्रीय समिति बैठकमा ६ यूवा नेताको फरक प्रस्ताव, अहिलेकै नेतृत्वलाई निरन्तरता दिन खोज्नु जनादेश विपरित हुने जिकीर । नेपाली कांग्रेसका यूवा नेताको समूहले शीघ्र महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा संयुक्त प्रस्ताव पेश गरेको छ । पार्टी मुख्यालय सानेपामा आज पनि जारी बैठकमा गगन थापा, चन्द्र भण्डारी, बद्री पाण्डे, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेलको समूहले नियमित प्रक्रियाको महाधिवेशन कुर्दा पार्टीलाई थप क्षति हुने भन्दै महासमिति बैठकबाटै संशोधित विधान परित गरी शीघ्र महाधिवेशनमा जानुपर्ने प्रस्ताव पेश गरेका हुन् ।

पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँको आगमन नहुँदा एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको भन्दै प्रस्तावमा अहिलेकै नेतृत्वलाई निरन्तरता दिन खोज्नु जनादेश र मतादेश विपरित हुने जिकीर गरिएको छ ।

उनीहरुले सभापति शेरबहादुर देउवालाई महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न पनि आग्रह गरेका छन् । जनताबाट प्राप्त मतादेशलाई आम नागरिकको हितमा प्रयोग गर्नेभन्दा पार्टीका केही महानुभावको सत्तारोहणको लालसालाई पूरा गर्नु कांग्रेसको परिचय बनेको भन्दै ६ यूवा नेताले १३ औं महाधिवेशन पछाडि विधान विपरित बनाइएका संरचना तत्काल खारेज गर्न प्रस्ताव पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू