अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 13:10

देवतालाई पनि ट्राफिक नियम

बिआरटीनेपाल २०७५ वैशाख ८ गते १८:४९ मा प्रकाशित

ललितपुर । सर्वसाधारण सवारी चालकलाई मात्र नभएर चारपांग्रे रथमा आरुढ रातो मच्छिन्द्रनाथलाई पनि ट्राफिक नियमको पूर्ण पालना गराइएको छ। ललितपुर ट्राफिक निरीक्षक सीताराम हाछेंथुको अगुवाइमा रथ तानिएको, मोडिएको र पांग्रामा ब्रेक लगाएको, रथले भार वहन गर्न सक्ने नसक्ने गरी मानिसको समूह रथमा रहे नरहेकोबारे पनि निरीक्षण गरिएको छ।

हाछेंथु भन्छन्, ‘ट्राफिकले यान्त्रिक सवारी मात्र हेर्छ तर सडकमा गुड्ने भएकाले देवताको रथको अवस्थाले पैदलयात्रुलाई असर गर्छ गर्दैन, रथ सही प्रकारले गुडेको छ छैन, सही प्रकारले ब्रेक लगाइएको छ छैन, यस विषयमा सर्वसाधारणले जस्तै ट्राफिकले पनि चासो दिने विषय नै हो।’

बिहीबार पुल्चोकबाट गाःबहालतर्फ लगिएको रथको अवस्थाबारे ट्राफिक प्रहरले गम्भीर रूपमा अवलोकन गरेर रथलाई गाःबहालतर्फ सहज रूपमा पुर्‍याउन सहयोगी भूमिका निर्वाह गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू