अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

पार्टी एकिकरणको मिति प्रधानमन्त्री संगको भेट पछि तय हुने :प्रचण्ड

बिआरटीनेपाल २०७५ वैशाख ५ गते ७:१४ मा प्रकाशित

चितवन।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ ।
प्रेस सेन्टर चितवनले  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताउनुभयो ।
दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उहाँले प्रष्ट्याउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली संगको   बैठकपछि पार्टी एकता घोषणाको मिति तय हुने बताउनुभयो । 

दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोबाट गम्भीर ढंगले छलफल शुरु भएको भन्दै उहाँले कतिपय विषयमा कार्यदलले टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएको बताउनुभयो । प्रधानमन्त्रीका कार्यशैलीका विषयमा छलफल भएको स्वीकार्दै उहाँले अधिकार प्रधानमन्त्रीलाई भए पनि सचिव सरुवालगायतका विषयमा विधि प्रक्रियामा समन्वय नभएको हो कि भनेर आफूले छलफल गरेको बताउनुभयो।

सोही अवसरमा गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताउनुभयो ।

गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको उहाँले बताउनुभयो । यातायात सँगसँगै अन्य क्षेत्रमा सिण्डिकेट देखिएमा त्यसलाई रोक्ने उहाँले बताउनुभयो । यातायात क्षेत्र कसैले ठप्प पार्न नसक्ने उहाँले बताउनुभयो ।

फरक प्रशंगमा उहाँले शतप्रतिशत साक्षरता अभियान सफल बनाउन आफूहरु पनि लागिपरेको बताउनुभयो । विद्यालय बाहिर कोही बालबालिका नहोस् भन्ने सरकारको यो अभियान रहेको  बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू