अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

एमाले माओबादी अध्यक्ष बीच भेट बार्ता

बिआरटीनेपाल २०७५ वैशाख ३ गते ७:३२ मा प्रकाशित

काठमाडौँ, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा आज भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली छिमेकी भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको बैठक चाँडै डाक्ने विषयमा उहाँहरूबिच छलफल भएको हो ।

दुई पार्टीको कार्यदलले यही वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा दिन एकता गर्न दिएको सुझावलाई यसअघिको एकता संयोजन समितिको बैठकले सकारात्मक रूपमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू