अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

भैरवको रथ आज पनि तानियो, ढल्यो रथको गजुर

बिआरटीनेपाल २०७४ चैत २८ गते ९:५१ मा प्रकाशित

भक्तपुर, भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरवको रथ तान्ने क्रममा मध्यराति रथलाई अलपत्र छाडिएपछि स्थानीयवासीले आज रथ तानेर गःहिटी पुर्याएका छन् ।

जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पु¥याउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलले जानकारी दिनुभयो ।

विगतका वर्षहरूमा भने रथ तान्ने जनशक्तिको अभाव भए सुरक्षाकर्मीले रथ तानेर भए पनि गःहिटी पु¥याउने परम्परा थियो । यस वर्ष भने जात्रालाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीलाई रथ तान्न नदिएको र आज युवा क्लबको नेतृत्वमा तौमढीका स्थानीयवासीले रथ तानेर गःहिटी पु¥याएको उहाँको भनाइ छ ।

राति नै रथलाई गःहिटी पुर्याउनुपर्ने परम्परा भने यस वर्ष तोडिएको छ । यस वर्ष भने सुरुमै दुई दिन रथ तानिएको छ । रथ तान्ने क्रममा रथको गजुर भाँचिएको छ । तीन तले प्यागोडा शैलीको रथको गजुर भाँचिएको छ भने रथको छानोसमेत बिग्रिएको छ । तार व्यवस्थापन नहुँदा रथ गःहिटी पु¥याएपछि गजुरमा तार बेरिएपछि गजुर भाँचिएको हो ।

रथको गजुर बनाउने र रथको मर्मत गर्ने कार्य आजैबाट सुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रथको गजुर भाँचिएको छ, रथको छानो पनि बिग्रिएको छ, रथको मर्मत आजैबाट गरेर ३० गतेसम्मलाई रथ तयार बनाउँछौ ।”

आगामी ३० गते रथलाई तानेर भेलुखेलस्थित ल्यासिंखेल पु¥याएपछि इन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । वैशाख १ गते दिनभरि जात्रा चलाएर साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते अन्तिम दिन पुन: गःहिटीबाट भैरव र भद्रकालीको रथलाई तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू