अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४९ | Colorodo: 07:04

प्रहरी र विप्लपका कार्यकर्ताबिच दोहोरो झडप

बिआरटीनेपाल २०७४ चैत २४ गते १२:५९ मा प्रकाशित

कैलाली, २४ चैत (रासस) ः धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबिच दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबिच झडप भएको हो ।

नेकपाले आफ्ना कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर घाइते हुनेगरी कुटपिट गरेको आरोप लगाएको छ भने यता प्रहरीले भने प्रशासनको अनुमतिबिना कार्यक्रम सञ्चालन गरेको, सडक अवरुद्ध गरेकाले रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरेको जनाएको छ । झडपमा परेर आफ्ना १५ जना कार्यकर्ता घाइते बनेको नेकपाका एक जिल्ला नेताले बताउनुभयो । झडपमा संलग्न १५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू