अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

आईआईएफटीका डिजाइनरहरु भारततर्फ

बिआरटीनेपाल २०७४ चैत २३ गते ९:०३ मा प्रकाशित

काठमाडौँ, फेसन डिजाइनका विद्यार्थीहरूको एक टोली औद्योगिक तथा शैक्षिक भ्रमणमा भारततर्फ प्रस्थान गरेका छन् । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ बागबजारमा अध्ययनरत सिनियर विद्यार्थीको टोली शुक्रवार भ्रमणमा निस्केका हुन् ।

फेसनका ती विद्यार्थीहरूले भारतको विभिन्न स्थानमा रहेको फेसन इन्टिच्युट, औद्योगिक क्षेत्र, बुटिक तथा डिजाइनिङ एजेन्सीहरूको भ्रमण र अवलोकन गर्नेछन् । डिजाइनिङ शिक्षालाई अझ प्रभावकारी र व्यवसायिकमूलक जानकारी होस् भन्ने हेतुले विद्यार्थीहरूलाई औद्योगिक शैक्षिक भ्रमणमा पठाएको आईआईएफटीले जनाएको छ । आईआईएफटीले डिजाइनिङका साथै मिडिया, मोडलिङ, मेनेजमेन्ट प्लानिङलगायत मेकअप सम्बन्धी पनि शिक्षण गराउँदै आएको छ ।

नेपालमा व्यावसायिक सञ्चानल गर्दा भारतकै कपडा आयातमा निर्भर पर्नुपर्ने भएकाले पनि यो शैक्षिक भ्रमण उपयोगी हुने आईआईएफटीका सिईओ नाजिर हुसैनले बताए ।

भ्रमणका क्रममा विद्याथीृहरुले दिल्लीमा रहेका ठुला–ठुला कपडा उद्योगहरूको समेत भम्रण र अवलोकन गर्नेछन् । साथै, उनीहरू जयपुरमा अवस्थित इलेन स्कुल अफ आर्ट एण्ड डिजाइनमा अध्ययनरत विद्यार्थीहरूसँग पनि आफ्नो अनुभव साट्ने हुसैनले बताए । भ्रमण टोलीका २६ विद्यार्थीसहित २८ जना सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू