अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

सरकारद्वारा तीस सचिवहरुको सरुवा

बिआरटीनेपाल २०७४ चैत २३ गते ५:२९ मा प्रकाशित

सरकारले सचिवहरुको सरुवा गरेको छ। विहिबार बसेको मन्त्रिपरिषदको बैठकले ३० सचिवको सरुवा गरेको हो । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बिहीबार बसेकाे मन्त्रिपरिषदले सचिव सरूवाकाे निर्णय गरेकाे जानकारी दिए।

देशको ढुकुटी व्यवस्थापक अड्डा मानिने अर्थ मन्त्रालयमा राजन खनाललाई ल्याइएको छ। यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए। प्रधानमन्त्रीको कार्यालयमा रहेका प्रेमकुमार राईलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ। प्रधानमन्त्रीको कार्यालयबाटै अर्का सचिव महेन्द्रमान गुरुङलाई सूचना तथा सञ्चार मन्त्रालय पठाइएको छ।

गृहसचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने अर्थसचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ। यसअघि उपराष्ट्रपतिको कार्यालयमा रहेका सचिव लालशंकर घिमिरेलाई प्रधानमन्त्रीको कार्यालय सरुवा गरिएको छ।

महेश्वर न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयबाट अख्तियारमा सरुवा गरिएको छ। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ। प्रधानमन्त्रीको कार्यालयमा रहेका खगराज बराल शिक्षामा पुगेका छन् भने नेपाल ट्रष्टको कार्यालयका अर्जुनकुमार कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सरुवा भएका छन्।

श्रम मन्त्रालयमा रहेका लक्ष्मणप्रसाद मैनालीलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएइको छ। युवा तथा खेलकुद मन्त्रालयमा रहेका महेश दाहाल श्रम तथा रोजगार मन्त्रालयमा तानिएका छन्। शिक्षा सचिव मधुप्रसाद रेग्मी सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सरुवा गरिएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू