अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

अनुशासनमा बस्न सहकारीहरुलाई प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७४ चैत २१ गते १०:४८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय सहकारी संस्थाहरु अनुशासनमा नबस्दा विगतमा पटक पटक आलोचनात्मक टिप्पणी सुन्न परेको भन्दै सचेत गराएका छन् । राजधानीमा आज देखि सुरु भएको दोस्रो सहकारी महासम्मेलनको उद्घाटन गर्दै उनले सहकारी आन्दोलन नेपाल जस्तो अल्पविकसित देशका लागि अत्यावश्यक रहेको भन्दै अनुशासित भएर काम गर्न निर्देशन दिएका छन् ।

उनले कृषिमा अधुनिकिकरण, यान्त्रिकरण गर्न सहकारी महत्वपूर्ण माध्यम भएको बताए । त्यस्तै कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा सहकारीले युवा पलायनलाई रोक्न समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । आर्थिक लोकतन्त्र मजबुद्ध बनाउन नागरिकहरुलाई समुहमा आवद्ध गरेर सहकारी आन्दोलनमा सहयोग गर्न सरकार तयार रहेको उनले बताए । त्यस्तै आर्थिक क्रान्ति विना देश समृद्धि नहुने भन्दै उनले दिगो विकास हाँसिल गर्न सहकारीले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिए ।
सम्मेलन भोली सम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू