अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

व्यवसायिक सफलता र प्रंशसा बटुल्दै ‘शत्रु गते’- गुण सिनेमाको १५ शो हाउसफुल

बिआरटीनेपाल २०७४ चैत १९ गते ०:१६ मा प्रकाशित

गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ’शत्रु गते’ ले व्यवसायिक सफलता त पाएको छ नै साथै दर्शकबाट राम्रो प्रतिक्रिया पनि बटुली रहेको छ । फिल्मको वर्ड अफ माउथ बलियो भएपछी यसले ब्यापारमा कमि आउँन दिएको छैन ।
फिल्मले दोस्रो सातामा प्रवेश गर्दा ५ करोड भन्दा बढीको व्यापार गरिसकेको छ । साथै फिल्मले राम्रो वर्ड अफ माउथ पाउदा यसलाई शीर्षस्थ व्यक्तित्वहरुले पनि चासोका साथ हेरिरहेका छन् ।

केहि दिन अगाडी मात्र पुर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो परिवार सहित फिल्म हेरेका थिए । यसै फिल्मलाई पछिल्लो समय प्रधानसेनापति राजेन्द्र बहादुर क्षत्रीले परिवार सहित हेरेका छन् । उनले राजधानी स्थित क्युज सिनेमामा स(परिवार फिल्म हेरेका हुन् ।

आयोजित विशेष शो मा फिल्मलाई प्रधानसेनापति क्षत्रीसँगै नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसी , नेत्री तथा गायिका कोमल ओली तथा वरिष्ठ कलाकार नीर शाहले परिवार सहित हेरेका छन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , दीपकराज गिरी , दीपाश्री निरौला , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , राजाराम पौडेल , शिवहरी पौडेल , बसुन्धरा भुषाल , रमेश रंजन झा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

गुण सिनेमामा फिल्मको १५ शो हाउसफुल , बन्यो यस्तो रेकर्ड

फिल्मले दोस्रो साताको शनिवार राजधानीमा रहेको गुण सिनेमामा राम्रो व्यापार गर्न सफल भएको छ । फिल्मले शनिवार गुणमा बिहानी शोमा ३ हल , १२ बजेको शो मा ४ हल , ३ बजेको शो मा ५ हल र बेलुकीको शो मा ३ हल हाउसफुल भएको थियो । शनिवार मात्र गुणमा १५ शो हाउसफुल भएको थियो । यसैगरि शनिवार नै फिल्मले गोपीकृष्ण हलमा पनि राम्रो व्यापार गर्न सफल भएको थियो । गोपीकृष्णमा कृष्ण सहित बिहानी शो मा २ हल , ११ र २ बजे बजेको शो मा ३ हल र ५ बजे ४ हलमा हाउसफुल भएको थियो । यसै गरि अस्टनारायणमा पनि राम्रो व्यापार गर्न सफल भएको थियो भने मल्टिप्लेक्सका अधिकाँस शो हाउसफुल भएका थिए ।

तस्वीर र भिडियो  केशब खड्का

प्रधानसेनापति राजेन्द्र बहादुर क्षत्री – फिल्म एकदमै रमाइलो बनेको छ । फिल्म पारिवारिक छ नै साथै यसमा मनोरंजनसंगै संदेश पनि छ । फिल्म हेरिरहदा कहिँ कतै बोर हुदैन , हलमा समय बितेको चाल पाइन्दैन । मलाइ हरिवंशजीको अभिनाय्य ज्यादै उत्कृष्ट लाग्यो । उँहाले आफ्नो छाप छोडन सफल हुनु भएको छ , साथमा दीपकजी पनि दमदार देखिनु भएको छ । नेपाली फिल्म पनि राम्रो र उत्कृष्ट बन्न थालेका छन् , यसको उदाहारण हो शत्रु गते ।

नीर शाह – फिल्म रमाइलो बनेको छ । आफ्नो श्रीमती सहित फिल्म हेर्न आइपुगेको म र मेरी उनि कहिँ कतै बोर भइनन् । फिल्म अभिनित हरिवंशजी , दीपकजी लगायत सबैको काम उत्कृष्ट छ । फिल्ममा यति धेरै कलाकारलाइ एउटै शिर्षकमा जोडेर घुमाउने निर्देशकको काम पनि राम्रो देखिएको छ । यस किसिमको दर्शकले खोजको फिल्म बन्न जरुरि छ , किनकी यसले हाम्रो बजार फैल्याउछ । फिल्म हेर्दा समय र पैसा खेर गएको महसुस हुदैन ।

प्रतिक्रिया