अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

अन्तर्राष्ट्रिय प्रेस क्लब नेपाल च्याप्टर गठन

बिआरटीनेपाल २०७४ चैत १८ गते ९:४४ मा प्रकाशित

नेपाल–भारतका पत्रकारबिच सूचनाको आदानप्रदान, हकहितका लागि अन्तर्राष्ट्रिय प्रेस क्लब नेपाल च्याप्टरअन्तर्गत ‘इन्टरनेशनल प्रेस क्लब नेपाल च्याप्टर’ गठन भएको छ । नेपाल र भारतका पत्रकारको समन्वयमा उक्त क्लब गठन भएको हो । पत्रकार हिरालाल शाहको अध्यक्षमा प्रदेश नं १ र २ पत्रकारलाई समेटेर १९ सदस्यीय समित गठन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रदेश नं १ र २ को उपाध्यक्षद्वयमा कौशल निरौला र गणेश ठाकुुर रहनुभएको छ भने महासचिवमा पदम सरदार, उपमहासचिवमा चन्दन रौनियार, सचिवमा प्रदेश नं १ र २ बाट क्रमशः नितेश चौधरी र अनिल बर्मा रहनुु भएको छ । त्यसै गरी कोषाध्यक्षमा प्रदेश नं २ बाट पारसमणि ठाकुुर तथा प्रदेश नं १ बाट सहकोषाध्यक्षमा सुुुशीला पाठक रहनुु भएको छ ।

सल्लाहकार समितिमा नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, महासङ्घका उपाध्यक्ष कुुमोद अधिकारी, नेपाल प्रेस युुनियन मोरङका अध्यक्ष मीनकुुमार नवोदित, मधेसी पत्रकार समाजका अध्यक्ष श्यामसुुन्दर सुुतिहार, सूर्यनारायण यादव र अनन्त अनुुराग रहनुु भएकोे छ ।

क्लबले नेपाल, भारत, भुुटान तथा बङ्गलादेशलगायत सार्क राष्ट्रका पत्रकारलाई समेटेर समिति विस्तार गरिने इन्टरनेशनल क्लब भारतका अध्यक्ष रामानन्द सिंह रोशनले जानकारी गराउनुुभयो । नेपालमा सातै प्रदेशमा क्लब गठन गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू