अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

धनुषामा आठ वर्षीय बालकको अपहरण गरि हत्या

बिआरटीनेपाल २०७४ चैत ४ गते २:५५ मा प्रकाशित

धनुषामा आठ वर्षीय बालकको अपहरण पश्चात् हत्या भएको छ । कमला नगरपालिका– ८ बस्ने प्रमोद साहका आठ वर्षीय छोरा रमणको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बालकको शव आज बिहान गाउँ नजिकै कुलामा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ । शनिबार साँझदेखि घरबाट बेपत्ता रमणको शव आज बिहान स्थानीय बासिन्दाले कुलाको पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत बालकको शरीरमा घाउचोट र नीलडाम भेटिएकाले अपहरण गरी हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू