अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

शिक्षिकाहरु बिचको सौन्दर्य प्रतियोगिता ‘टिचर आइकन अफ द इयर २०१८’ आयोजना

बिआरटीनेपाल २०७४ फागुन ३० गते ६:३३ मा प्रकाशित

३ वर्षदेखि आयोजना हुँदै आएको राजधानीका विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षिकाहरु बिचको सौन्दर्य प्रतियोगिता यस वर्ष पनि गर्ने भएको छ ।

विभिन्न वर्ग र उमेरको सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता गर्दै आएको एएनपी मिडिया हाउसले तेस्रो संस्करणस्वरुप आगामी चैत ५ गते सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा टिचर आइकन अफ द इयर २०१८ आयोजना गर्न लागेको हो । १८ देखि ४५ वर्षका १४ शिक्षिकाहरुबिच हुने प्रतियोगिताको ट्यालेण्ट राउण्डअन्र्तगत प्रतियोगीहरुले शनिबार तिनकुनेस्थित ग्रिन क्याफे एण्ड पार्टी प्यालेसमा आयोजित ट्यालेण्ट राउण्डमा आप्mनो प्रतिभा प्रस्तुत गरे। ट्यालेण्ट शोमा प्रतियोगीहरुले अभिनय, नृत्य, वक्तृत्वकला, चित्रकला, सांगितीककलालगायतका आफुमा अन्र्तनिहित प्रतिभा प्रस्तुत गरेका थिए। ट्यालेण्ट शोका लागि कलाकारहरु ज्योति काफ्ले (नक्कली बाबुराम), आदित्य बुढाथोकी, रिता केसी., नितु कोइराला, गत वर्षको टिचर आइकन अफ इयरकी विजेता शिल्पी गुप्ता, श्रीकृष्ण लुइटेल (बोके दाह्री) र सीमान्त सन्तोष निर्णायक रहेका थिए ।

मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार शिक्षिकाहरुभित्र अन्र्तनिहीत प्रतिभा र क्षमताको प्रष्फुटनका लागि टिचर आइकन अफ द इयरको आयोजना गरिँदै आएको हो। उनका अनुसार ट्यालेण्ट शोबाट टिचर ट्यालेण्ट उपउपाधि चयन गरिनेछ। यसको घोषणा भने अन्तिम स्पर्धाका दिन चैत ५ गते गरिनेछ। प्रतियोगिामा विभिन्न विद्यालयका बिबाहित र अबिबाहित शिक्षिकाहरु अनिषा पोखरेल, सगुन खड्का, अनिाा देउला, युनिसा बजगाई, वृक्षा सिलवाल, गोमा परियार, सलु चौधरी, सिरिन गुरुङ, मिना तामाङ, डोल्मा वाइबा, प्रकृति कार्की, श्रेता बलामी, ऐन्जलि चित्रकार, रोसनि राई, निर्मला पुरी, अश्मी शाक्य, दिपा मगर, सुमि महर्जन, शिष्मा आर्चाय र शान्ता कटुवालले स्पर्धा गर्दैछन्। शम्भु प्रसाद रेग्मीको संयोजनमा हुने प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया