अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२७ | Colorodo: 14:42

अबको प्राथमिकता आर्थिक संबृघ्दि सांसद मोहन आचार्य

बिआरटीनेपाल २०७४ फागुन २५ गते ८:३५ मा प्रकाशित

नुवाकोट, प्रतिनिधिसभाका सांसद मोहन आचार्यले राज्यको अबको मुख्य प्राथमिक्ता आर्थिक संबृघ्दि हुनुपर्ने बताउनु भएको छ । ‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ भन्ने नारासहित  आयोजित पाँचौँ नुवाकोट महोत्सव लाई शुक्रवार सम्बोधन गर्दै सांसद आचार्यले रसुवा र नुवाकोटको संबृघ्दिकालागी टोखाँ छहरा सुरुङ मार्ग निर्माणलाई प्राथमिक्ता दिन सरकार सँग माग गर्नु भयो । रसुवा र नुवाकोटलाई संबृघ्द बनाउन जनप्रतिनिधिको हैसियतमा आफूले कुनै कसर बाकी नराख्ने उहाँले बताउनु भयो । व्यवस्थित शहरीकरणमा जोड दिँदै सांसद आचार्यले बस्ती विकास गर्दा त्रिशुली नदीलाई प्रदूषित हुनबाट बचाउनु पर्नेमा जोड दिनु भयो । 

कृषि उब्जनीको बिक्री एवं कला, संस्कृति, पर्यटन तथा धार्मिकस्थलको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएका  तिन  नम्बर प्रदेशस्तरीय  सो  महोत्सवमा दुई सय ७५ स्टल छन् ।

त्रिशूलीको कान्छी बदाम, शिखरबेसीको चामल, ककनीको ट्राउट माछा र स्ट्रबेरी, किस्पाङको भुइँस्याउको प्रदर्शनी तथा बिक्रीको समेत व्यवस्था मिलाइएको महोत्सव ‘नाफाभन्दा पनि सेवामूलक र जिल्लाको आर्थिक विकासमा टेवा पुर्‍याउन केन्द्रित रहेको आयोजकको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू