अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

पोखरामा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सम्पन्न

सचिन रानाभाट २०७४ फागुन ३ गते ६:५५ मा प्रकाशित

पोखरा, सात्विक नेपालको आयोजनामा पोखरामा २ दिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन बिहीबार सम्पन्न भएको छ । सात्विक नेपालका अध्यक्ष हरि प्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा नास्ट नेपालका उपकुलपति प्रा डा जिबराज पोख्रेलले हिमालय क्षेत्रमा रहेको जडीबुटीको अनुसन्धान र यसको समुचित प्रयोग गर्न सके आर्थिक उन्नति हुने कुरालाई नकार्न नसकिने बताउनु भयो । नेपालमा रहेको जडीबुटी र यसको अनुसन्धान गरेर प्रयोग तथा निर्यात गर्न सके देशले आर्थिक लाभ लिन सक्ने र अबको सङ्घीय संरचनाले जडीबुटी अनुसन्धानमा जोड दिनु पर्ने कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, नास्ट तथा पोखरा विश्वविद्यालयको सह आयोजनामा सम्पन उक्त कार्यक्रममा विभिन्न १० देशका १५० जना युवा वैज्ञानिकहरू सहभागी भएका थिए । विभिन्न शीर्षकका १९ जना प्रस्तोताहरुले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम फागुन २ र ३ गते पोखराको लेकसाईडमा सम्पन्न भएको डा अमृत पौडेल र डा ढाकाराम भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू