अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

धुर्मुस–सुन्तली फाउडेशनले बनाएको सन्तपुर बस्ती हस्तान्तरण

बिआरटीनेपाल २०७४ माघ २४ गते १२:२९ मा प्रकाशित

रौतहट, धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा बाढीपीडितका लागि निर्माण गरेको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ हस्तान्तरण गरेको छ।

मङ्गलवार सन्तपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीयबासीलाई बस्ती वसन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरण गर्नु भएको हो । यसअघि फाउडेशनले सिन्धुपाल्चोकको भूकम्प प्रभावित गिरानचौरमा नमुना बस्ती, काभ्रे पाँचखालको पहरा गाउँ र महोत्तरीमा मुसहर बस्ती बनाएर हस्तान्तरण गरेको थियो ।

वसन्तपुर नमुना बस्तीमा व्यवस्थित बाटोघाटो, ढल निकास, धारा, बिजुली बत्ती, भ्यू–टावर, सामुदायिक भवन, प्राथमिक विद्यालय, वाल उद्यान र मन्दिरसहित ४७ आवासीय घर यहाँ बनेका छन्। भूकम्प प्रभावितका लागिसहित गरी यो धुर्मुस सुन्तली फाउन्डेसनको चौथो परियोजना हो। कार्यक्रममा नेपालका हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, हरिबंस आचार्य, नायक शिव श्रेष्ठ, कलाकार सुनिल थापा, सुनिल कटुवाल, निर्माता दिनेश दर्शनधारी, निर्देशक आकाश अधिकारी लगायत अन्य कलाकारहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू