अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

एमाले र माआवादीको पार्टी एकता हुँदैन – पशुपति शमशेर जबरा

बिआरटीनेपाल २०७४ माघ २२ गते ३:१० मा प्रकाशित

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले एमाले र माओबादी बीच पार्टी एकता हुन नसक्ने खुलासा गर्नु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष जबराले संबिधान अनुसार दुई बर्षसम्म बाम गठबन्धनले ओलीको नेतृत्वमा सरकार सञ्चालन हुने निश्चित रहेता पनि पार्टी एकिकरण भने नहुने बताउनु भएको हो ।

नेपाल संघियतामा प्रवेश गरेता पनि प्रान्तीय सरकारको आर्थिक भार कसरी धान्ने भन्ने कुनै योजना बिनै अगाडी बढेकाले यसले थप समस्या निम्ताउने बताउँदै उहाँले प्रान्तको आर्थिक पक्षको बारे योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।

सरकाले स्थानीय तहको घोषणा हचुवाको भरमा गरेकाले कतिपय स्थानमा हाल सम्म पनि काम गर्न नसकिरहेको भन्दै उहाँले दिर्घकालिन सोच र ठोस योजना अनुसार अघि बढन नसके आर्थिक अस्थिरता निम्तने र त्यसले देशलाई बर्षौ पछि घकेल्ने बताउनु भयो ।

तीन नं प्रदेशको राजधानी हेटौंडामा राखिएता पनि अन्य बहुमत स्थानलाई अपायक पर्ने देखिएकाले यसलाई बहुमत प्रदशेसभाले अन्यत्रै सार्ने उहाँले बताउनु भयो ।

बिगतमा ओली नेतृत्वको सरकारसँग बिग्रियको सम्बन्ध सुधारको प्रयास स्वराजको भ्रमणले देखाएको र ओली समेत पछिल्लो समया भारतसँगको सम्बन्ध सुधारमा अग्रसर रहेको उहाँको भनाई छ ।

उहाँले नेपालको बिदेश नीतिका बारे सरकारले आधिकारीक धारणा बनाएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिँदै सिमा समस्याका बारे सरकारले ठोस र कुटनीतिक स्तरबाट समाधानको बाटो अवलम्बन गर्नु पर्ने बताउँनु भयो ।

उहाँले भारतिय बिदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुई देशबिचको सम्बन्ध सुधारको प्रयास भएको र ओली नेतृत्वको सरकारसँगको सहकार्यताको निरन्तरता रहने संकेत रहेको भन्दै आफूले पनि स्वराजसँग भेटेको तर कुनै राजनीतिक भेट नभएर सम्बंधिय भेट भएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू