अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 15:48

भ्रुण हत्याको कथा बोकेको ‘टुट्यो फुट्यो’ गीत सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २१ गते ३:२४ मा प्रकाशित

मोडल प्रतिक्षा खड्काको अभिनयमा नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । गायक नारायण बाबु कोईरालाको स्वरमा ‘टुट्यो फुट्यो’ बोलको गीतको उक्त म्युजिक भिडियोमा प्रतिक्षासँगै बिजय कृष्णको अभिनय रहेको छ । गीतलाई बुढासुब्बा डिजिटल कम्पनिले सार्वजनिक गरेको हो । गीतमा सुमन कुमार श्रेष्ठको शब्द तथा संगीतमा रहेको यस गीतको म्युजिक भिडियोलाई  दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन्।

गीतमा भ्रूण हत्याको विषयलाई उठाइएको छ । म्युजिक भिडियोलाई जिवन शाहीले निर्देशन गरेका छन्। बासु बरालको सम्पादनमा रहेको उक्त म्युजिक भिडियोलाई अर्जुन पोखरेलले छायाँकन गरेका छन्।

प्रतिक्रिया