अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३१ | Colorodo: 20:46

वायु सेवा संञ्चालक संघ नेपालको अध्यक्षमा पुनः पवित्र कुमार कार्की

बिआरटीनेपाल २०७४ माघ १३ गते ६:१६ मा प्रकाशित

वायु सेवा संचालक संघ नेपालको १७ औं बार्षिक साधारण सभाले आगामी दुईबर्षका लागि पूनः पवित्र कुमार कार्की
(एयर डाइनाष्टी) को अध्यक्ष्यतामा ११ सदस्सीय नयाँ कार्य समिती सर्व सम्मत रुपमा निर्वाचित गरेको छ ।

नयाँ कार्य समितीमा उपाध्यक्ष राजेन्द्र बहादुर सिंह (सीता एयर), द्धितिय उपाध्यक्ष मनोज रिमाल (यती एयरलाइन्स-तारा एयर), महासचिव मनोज कार्की (समिट एयर), सचिव राजु न्यौपाने (मनाङ्ग एयर), कोषाध्यक्ष रुपेश जोशी (बुद्ध एयर), सदस्यहरुमा गोपाल प्रसाद भट्टराई (सौर्य एयरलाइन्स), राजेन्द्र शाक्य (सिम्रिक एयरलाइन्स), क्या.दिपक ज.व.रा. (फिस्टेल एयर), प्रेम कुमार थापा (सिम्रिक एयर), विरेन्द्रराज श्रेष्ठ (हेलि एभरेष्ट) रहनु भएको संघले जनाएको छ ।

वायुसेवा कम्पनीहरको प्रवद्धन तथा संस्थागत विकासका लागि नेपालको हवाई क्षेत्रमा देखा परेका समस्याहरुको पहिचान गरि आपसी सल्लाह र समझदारीबाट समाधान गर्न सहयोग गर्ने सुरक्षित, नियमित, सुविधायुक्त, सुलभ र गुणात्मक सेवा उपलब्ध गराई देशको आर्थिक समृद्धिका साथै मुलुकको पर्यटन विकासमा संघले प्रभावकारी भुमिका निर्वाह गर्दै आएको संघका अध्यक्ष पवित्र कुमार कार्कीले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक संजिव गौतमले नागरिक उड्यनका क्षेत्रमा देखा परेको हालका समस्या र चुनौतीलाई हल गर्न प्राधिकरण लागी परेको बताउनु भयो । थुप्रै चुनौतीका बाबजुत पनि १० लाख पर्यटक भित्राउनुलाई सफल मान्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अतिथी दिपकराज जोशी र संघका महासचिव मनोज कार्कीले मुलुकको पर्यटन विकासको क्षेत्रका वायुसेवा संचालकहरुले निर्वाह गरेको भुमिकाको बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू