अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

उत्कृष्ट काम गरे बापत सुख्खा बन्दरगाह वीरगञ्जका प्रमुख भन्सार अधिकृत सम्मानित

बिआरटीनेपाल २०७४ माघ ११ गते ५:४७ मा प्रकाशित

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजी क्षेत्रसँंग सहकार्य गरेर मुलुकलाई आर्थिक समृद्धितिर लैजान सरकार तत्पर रहेको बताउनु भएको छ । ६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्व सन्ध्यामा नेपाल चेम्वर अफ कमर्सले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री कार्कीले मुलुकलाई आर्थिक समृद्धिमा पु¥याउन निजी क्षेत्रसँंगको सहकार्य महत्वपूर्ण भएको विषयमा चर्चा गर्नुभयो ।

मन्त्री वस्नेतले नेपालको भन्सारलाई विकशित देशको भन्सार सरह पु¥याउन सरकार प्रयत्नशिल रहेको चर्चा पनि गर्नु भयो ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले भन्सारको सहजीकरणमा विशेष जोड दिनु भयो । आधुनिक प्रविधिको विकाससँंगै घरबाटै राजश्व तिर्न सक्ने गरी इकमर्सको व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो । साथै भन्सार ऐनको शंशोधनलाई पनि तदारुकताका साथ अगाडि वढाउनु पर्ने बताउनु भयो ।

सवै व्यवसायीलाई एउटै नजरले हेरेर सरकारले व्यवहार गर्न नहुनेमा जोड दिंदै राम्रोलाई प्रोत्साहन गर्नु पर्ने बताउनु भयो । हरेक वर्ष नेपाल चेम्वरले भन्सार दिवस मनाउँंदै आएको चर्चा गर्दै भन्सारलाई व्यवस्थित पानु पर्नेमा जोड दिनु भयो ।

उक्त कार्यक्रममा भन्सार प्रशाशनमा उत्कृष्ट काम गरेबापत सुख्खा बन्दरगाह वीरगञ्जका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईलाई सम्मान गरियो । प्रमुख अतिथि अर्थमन्त्री कार्कीले सेढाईलाई प्रमाणपत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । नेपाल चेम्वरले प्रत्येक वर्ष भन्सार प्रशाशनमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

कार्यक्रममा अर्थ राज्य मन्त्री उदय शमशेर राणा, राजश्व सचिव शिशिर कुमार ढंगाना, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी, नेपाल चेम्वर भन्सार विभागका सभापति निरज राईलगायतले दिवसका विविध पक्षबारे चर्चा गर्नु भयो । विश्वभर शुक्रबार भन्सार दिवस मनाइँंदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू