अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

२०३६ सालको ‘छिन्ताङ हत्या काण्ड’का १६ जनालाई ३८ बर्षपछि सहित घोषणा 

बिआरटीनेपाल २०७४ पुष २८ गते ०:०० मा प्रकाशित

सरकारले बि सं २०३८ सालमा भएको छिन्ताङ हत्या काण्डमा प्रहरी द्वारा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । तत्कालिन पञ्चायती नितीले गाउँका साधारण नागरिकलाई गोली हानेर हत्या गरेको ईतिहासको कदर गर्दै मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ३८ बर्ष अघि छिन्ताङ हत्या काण्डमा मारिएका हरुलाई सहित घोषणा गरेको हो ।

करिब ५ हजार जनसंख्या रहेको छिन्ताङ गाविस, खोकु गाविस र आँखी सल्ला गाविसका १६ जना निर्दोश सर्वसाधारण नागरिकको हत्या गरीएको यो घटनामा ७२ जनालाई ६ बर्षसम्म जेल सजाय दिईएको थियो ।

सुर्य बहादुर थापा प्रधानमन्त्री रहको तत्कालिन समयमा थापाले आफ््नै आउँ नजिकका यी गाविसका जनतामाथी गरेको यो दमनलाई अन्य दल र धनकुटाबासीले निन्दनिय कामको संज्ञा दिदैं आएका थिए ।

भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा गोपाल आनन्द, गणेश बिश्वकर्मा लगायतका १६ जनाको ज्यान गएको यो घटनाको समय मारिएकाहरुलाई रातिको समयमा पनि घरबाट थुतेर प्रहरीले केहीलाई अरुण खोला आसपास केहिलाई परिवारकै आँखा अगाडी गोली हानेर मारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू