अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 17:54

‘प्रोजेक्ट वान’ले जावलाखेल र बुटवलमा कन्सर्ट गर्ने

बिआरटीनेपाल २०७४ पुष २६ गते ६:२७ मा प्रकाशित

केहि समय अघिमात्रै नेपालका चर्चित व्याण्डका सदस्यहरु आबद्ध  भइ सञ्चालनमा आएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले ‘फेरी उठ्नेछ नेपाल’नाममा कन्सर्ट गर्ने भएको छ । बुटवल र जावलाखेलमा आयोजना गरिने बताइएको छ ।

ब्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ता आबद्ध छन् ।

यो व्याण्डले आगामी माघ १३ गते (जनवरी २७ तारिख) शनिवार बुटवलस्थित बुटवल मण्डप र माघ २७ गते (फेब्रुअरी १० तारिख) ललितपुरको जावलाखेल फूटबल मैदानमा दर्शकलाई सांगीतिक माहौलमा झुमाउनेछ । बुटवलमा क्षेत्रीय पार्टनरका रुपमा यस नेपाल इभेन्ट मेनेजमेन्ट छ ।

ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् ।

‘फेरी उठ्नेछ नेपाल’को तेस्रो संस्करणको रुपमा रहेको यो कन्सर्टमा व्याण्डले ‘फेरी उठ्नेछ नेपाल’सहित नयाँ एल्बमका गीत र आफ्ना पुराना गीत दर्शकमाझ प्रस्तुत गर्नेछ । व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले व्याण्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् । व्याण्डको नयाँ एल्बमको पहिलो गीत यसै हप्ता सार्वजनिक हुँदैछ ।

व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले सन् २०१६ मा ललितपुरकै जावलाखेल मैदानमा नेपथ्य व्याण्डलाई पहिलो संस्करणको ‘फेरी उठ्नेछ नेपाल’ कन्सर्टमा प्रस्तुत गरेको थियो । त्यसको लगत्तै सन् २०१७ मा कास्कीको पोखरामा दोस्रो संस्करणमा पनि नेपथ्य दोहोरिएको थियो ।

प्रतिक्रिया