अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

३ नं. प्रदेश राजधानी भक्तपुर बाहिर राखिनु पर्ने – अध्यक्ष बिजुक्छें

बिआरटीनेपाल २०७४ पुष २३ गते ४:२५ मा प्रकाशित

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३ नं. प्रदेश राजधानी भक्तपुरमा बनाउन नहुने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २१ आंै स्थापना दिवस तथा स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै भक्तपुर भन्दा बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने बताउनु भयो ।

उहाँले बाम गठबन्धन भित्र राजनीतक स्वार्थ अधिक देखिएको बताउँदै गठबन्धको दिर्घकालीन स्वरुप देख्न नसकेको र यसलाई टुटाउन समेत बाह्रय शक्ति लगिपरेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले पत्रकारितामा आस्था भएपनि पेशागत रुपमा भने त्यो मर्यादित हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले रफत सञ्चार क्लबका अध्यक्ष शुशिलबन्धु थापालाई स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । थापालाई नगद २ हजार ५ सहित सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू