अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

राष्ट्रियसभाको निर्वाचनपछि सरकार छोड्नुपर्छ: सांसद लालबाबु पण्डित

बिआरटीनेपाल २०७४ पुष २२ गते १३:३६ मा प्रकाशित

विभिन्न राजनीतिक दलका नेताहरूले राष्ट्रियसभाको निर्वाचनपछि वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा सांसद लालबाबु पण्डितले अहिलेसम्म पनि प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीसमेत तोक्न नसक्नेले राजीनामा दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाको निर्वाचनसम्म कुर्ने र त्यसपछि पनि सरकारले राजीनामा गरेर बाटो खुल्ला नगरेको खण्डमा सडकबाटै हटाउने सांसद पण्डितको भनाइ थियो ।

वाणिज्यमन्त्री मीन विश्वकर्माले फागुन महिनापछि मात्र वर्तमान सरकारले राजीनामा गरेपछि नयाँ सरकार गठन हुने बताउनुभयो । सरकार जतिसक्दो चाँडो प्रदेश प्रमुख नियुक्ति गर्ने तथा अस्थायी राजधानी तोक्ने तयारीमा रहेको मन्त्री विश्वकर्माको भनाइ थियो ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार वर्तमान सरकारलाई मात्र भएको हुँदा जतिसक्दो चाँडो तोक्नुपर्ने माग गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू