अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

राष्ट्रपति भण्डारी र जाम्बियाका सेना प्रमुखबिच भेटवार्ता

बिआरटीनेपाल २०७४ पुष २० गते ६:४७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी र जाम्बियाका सेना प्रमुखबिच भेटवार्ता भएको छ । नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका जाम्बियाका सेना प्रमुख पल मिहोभाले आज अपराह्न राष्ट्रपति भवन, शीतल निवास पुगेर शिष्टाचार भेट गरेका हुन् ।

नेपाली सेना र जाम्बियाका सेनाबीच आपसी सहयोग विस्तार गर्नेबारेमा विचारविमर्श भएको सो भेटवार्तामा नेपाल–जाम्बिया सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउने विषयमा राष्ट्रपति भण्डारी र सेना प्रमुख मिहोभाबिच छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू