अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

पदयी भागबन्डाले पार्टी एकतालाई असर पर्दैन – प्रवक्ता भुसाल

पुष्कर बुढाथोकी- भक्तपुर,(नेस) २०७४ पुष १९ गते ३:३९ मा प्रकाशित

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पदयी भागबण्डाले एमाले र माओबादी केन्द्रबीचको पार्टी एकिकरणलाई कुनै असर नपार्ने बताउनु भएको छ ।  रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले दुई पार्टीका अध्यक्ष बिच भएको सहमती र पार्टी एकता संयोजन समितिको संवाद अनुरुप नै पार्टी एकिकरण छिट्टै हुने र पदीय भागबण्डाको बिषयले पार्टी एकिकरणमा कुनै असर नपर्ने बताउनु भयो ।

उहाँले एमाले र माओवादी केन्द्र बीचको पार्टी एकिकरण पश्चात कसले सरकारको नेतृत्व भन्ने बिषय गौण भएको बताउनु भयो ।
उहाँले पछिल्लो समयमा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थमा देखिएको कमजोरीका कारण पार्टी एकिकरण बिषयको छलफलमा ढिलाई भए पनि उहाँको स्वास्थ लाभसँगै पार्टी एकिकरणले तीब्रता पाउने बताउनु भयो ।

बर्तमान सरकारले जनमतको ख्याल नगरि र्विाचनमा पराजय पश्चात पनि सत्ता लम्ब्याउन खोजेको भन्दै नैतिकताको आधारमा यो सरकारले छिटो सत्ता छाड्नु पर्नेमा जोड दिनु भयो ।

नयाँ सरकार गठनमा देखिएको बिभिन्न अबरोधमा एक पछि अर्को संस्था लागिपरेको भन्दै नयाँ सरकार निमार्णमा वर्तमान देउवा सरकार बाधक नबनि बटो खोल्न आग्रह गर्नु भयो ।

बिभिन्न बहानामा सरकारले राष्ट्रियसभाको निर्वाचन ढिला गरि आफ्नो आयु लम्बाउने खोजेको आरोप लगाउँदै भुसालले यथाशिघ्र राष्ट्रियसभाको निर्वाचन गरि नयाँ सरकार गठनको प्रक्रियालाई सहज पार्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले पहिलो पटक बाम गठबन्धनले बहुमतको सरकार निर्माण गर्न थालेको र सरकार निर्माण पश्चात जनतामाझ जाँदा लिएर गएको घोषणा पत्रलाई आधार मानेर काम गर्दै जाने र नयाँ सरकारले देशलाई आर्थिक समृद्धि तर्फ लाँदै स्वदेशमै रोजगारको श्रृजना गरि दक्ष जनशक्ति बिदेश पलायन रोक्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू