अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

भक्तपुर- २ प्रतिनिधिसभा र प्रदेशसभाका नवनिर्वाचित साँसदका प्रतिबद्धता

बिआरटीनेपाल २०७४ मंसिर २७ गते ०:४५ मा प्रकाशित

नेकपा एमालेका तर्फबाट भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित हुनुभएका प्रदेश र प्रतिनिधिसभाका सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।  रफत सञ्चार क्बलले गरेको साक्षात्कार कार्यक्रममा उहाँहरुले भक्तपुर ३ नं. प्रदेशका केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन् ।

भक्तपुर २ नं. को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुनु भएका महेश बस्नेतले भक्तपुरको सानोथिमी क्षेत्र, सल्लाघारीको ९९ रोपनी जमिन, जगातीको इँटाटायल कारखाना लगायतका क्षेत्रमा ३ नं. प्रदेशको राजधानी निर्माण गर्न उपयुक्त स्थान भएको बताउनुभयो ।

भक्तपुरलाई ३ नं. प्रदेशको अस्थायी राजधानी तोक्नका लागि आफू निर्वाचित भएपछि मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुसँग कुरा गरिसकेकले अब भक्तपुरमा नै अस्थायी राजधानी हुने बताउनुभयो ।

उहाँले काम चलाउ सरकारले धमाधम राजनीतिक नियुक्ती गर्नु नैतिक रुपमा नमिल्ने भन्दै तत्काल सरकारले राजनीतिक नियुक्ती फिर्ता लिनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर २ नं. निर्वाचन क्षेत्र प्रदेशसभा क बाट निर्वाचित शशीजंग थापाले अब भक्तपुर नै ३ नं. प्रदेशको राजधानी हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो । भक्तपुर शान्त सुन्दर हुनुका साथै पर्याप्त सार्वजनिक स्थान भएकाले यहाँ नै प्रदेशसभाका राजधानी हुने थापाको भनाइ छ ।

त्यस्नै भक्तपुर २ नं. निर्वाचन क्षेत्र प्रदेशसभा ख बाट निर्वाचित राजेन्द्रमान श्रेष्ठले बोडेको कृषि विकास तालिम केन्द्र र सानो थिमी स्थित शिक्षा विभागको क्षेत्रका र खरिपाटीको विद्युत प्राधिकरणको तालिम केन्द्रमा ३ नं. प्रदेशको अस्थायी राजधानी तोकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू