अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 08:06

कांग्रेस प्रवेश गराउन पोखरा गएका प्रधानमन्त्री देउवालाई कालो झण्डा

बिआरटीनेपाल २०७४ कार्तिक ११ गते ६:०१ मा प्रकाशित

पूर्व सांसद सूर्यबहादुर केसीसहितलाई कांग्रेस प्रवेश गराउन पोखरा गएका प्रधानमन्त्री शेरबहादुर देउवालाई
अनेरास्ववियुका कार्यकर्ताले नाराबाजी सहित कालो झण्डा देखाएका छन् । प्रधामन्त्री आउने भएपछि सुरक्षा ब्यबस्था कडा बनाइएपनि सुरक्षाका लागि तैनाथ भएका प्रहरी कै अगाडि अनेरास्ववियु भुगोल कमिटीका नेताहरुले शिक्षा ऐन खारेजीको माग गर्दै प्रधानमन्त्री देउवालाई कालो झण्डा देखाएका हुन् ।

पोखरा विमानस्थलबाट कार्यक्रम स्थलतर्फ आउँदै गरेका प्रधानमन्त्री देउवालाई पृथ्वीचोक भन्दा करीव ५० मिटर दक्षिणतर्फ नागढुंगास्थित होटल तिरुपतिको अगाडि उनिहरुले कालो झण्डा देखाएका थिए ।

सुरुमा पृथ्वीचोकमै कालो झण्डा देखाउन तयार भएर बसेका विद्यार्थीलाई हस्तक्षेप गरी लखेटेपनि उनीहरु थोरै तल नागढुंगामा जम्मा भएर कालो झण्डा देखाएका थिए ।

१५र२० जनाको समूहमा रहेका अनेरास्ववियुका कार्यकर्तालाई मध्ये प्रहरीले अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई पक्राउ गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू