अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

प्रतिनिधि र प्रदेश सभाको चुनावमा आफ्नो पक्षमा मत तान्न राजनीतिक दलहरू गम्भीर गृहकार्यमा

बिआरटीनेपाल २०७४ कार्तिक ११ गते ०:१७ मा प्रकाशित

पहिलो चरणमा मङ्सिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा आफ्नो पक्षमा मत तान्न राजनीतिक दलहरू गम्भीर गृहकार्यमा लागेका छन् ।

दलहरूले आफ्नो प्रभाव क्षेत्रलाई कायम राख्न र नयाँ प्रभाव क्षेत्र बनाउन लागिपरेको उनीहरूको गतिविधिले देखाउँछ। आफ्नो परम्परागत ठाउँहरू गुम्न दिन पनि उनीहरूको त्यत्तिकै जोड देखिन्छ।

यसअघि आफूले पाएको मत गुम्न नदिने जनता माझ आफ्ना चुनावी एजेण्डा र कार्यक्रम लिएर पनि दलका नेताहरू गइरहेका छन्। रसुवामा पनि काँग्रेस र नयाँ शक्तिको उमेद्वारहरु पनि चुनावी जीतका लागि दिन रात एक बनाएर लागिपरेका छन्।

रसुवाको इतिहासमै चुनावी मैदानमा सबैभन्दा बढी अध्ययन गरेको इन्जिनियर चुनावी मैदानमा आएपछि उहिले जिल्लामा काँग्रेसको पक्षमा चुनावी लहर आएको छ। साथमा जातीय समिकरण मिलेका कारण पनि यो जीतलाई सहज बनाउने आँकलन छ।

प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट इन्जिनियर मोहन आचार्य प्रतिस्पर्धामा छन्। प्रतिस्पर्धामा प्रदेश नम्बर १ बाट प्रभात तामाङ काँग्रेसबाट छन् भने नयाँ शक्तिबाट प्रेम तामाङ छन्।

काँग्रेस र नयाँ शक्तिको यो गठबन्धनको पक्षमा अंकगणितिय माहौल मात्र नभई जीतको चर्चा जनताको घरघरमा माहौल आएको स्थानीय बुद्धिजीवीहरू बताउँछन् ।

नयाँ शक्ति रसुवाको पाँच वटा गाउँपालिका मध्ये गत स्थानीय निर्वाचनको प्रमुखको पदमा नयाँशक्ती पार्टीले ४०८५ मत ल्याएको थियो। नेपाली काँग्रेसले ७१३० मत ल्याएको थियो। एमाओबादीले २५१२ मत ल्याएर चौथो बनेको थियो भने एमाले ले ६९३१ मत ल्याएको थियो।

स्थानीय चुनावमा अलग अलग लडेपनि अहिलेको गठबन्धनपछि लोकतान्त्रिक गठबन्धनको ११२१५ र बाम गठबन्धनको ९४४३ मत भएको छ। स्थानीय चुनावमा आएको मत सबै त्यसरी नै नझरेपनि यहाँ काँग्रेस नेतृत्वको गठबन्धन एमाले नेतृत्वको गठबन्धन भन्दा निकै अघि रहेको देखाएको छ। अहिले पनि स्थानीय मतदाताको बिचमा आचार्य सहित प्रदेश सभाका तामाङद्धय नै चुनाव जित्ने आाकलन सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू