अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

निर्वाचन रोकिए देश द्वन्द्वमा जान्छ – पूर्व उद्योग मन्त्री बस्नेत

बिआरटीनेपाल २०७४ कार्तिक १० गते ६:१४ मा प्रकाशित

नेकपा (एमाले) का युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले निर्धारित मितिमा नै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए देश द्वन्द्व जाने बताउनुभएको छ ।रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा उहाँले बाम गठबन्धनबाट सरकार अतालिएर निर्वाचन रोकिए देश द्वन्द्वमा जाने खतरा रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देश आर्थिक संबृद्धिमा जाने लागेको बेला मतपत्रको बिवाद निकालेर निर्वाचन रोक्न नहुने बताउनुभयो ।

केही समयम अघि एन आर एन निर्वाचनका समयमा शेष घलेले ६ करोड एमालेलाई दिएको र त्यस मध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई दिएको दुई करोड मिडियाको हल्ला मात्र भएको बताउनु भयो । आफू युवा संघको अध्यक्ष हुँदा देखि नै केही मिडिया कर्मीले आफ्नो खेदो खन्दै आएको र यो पनि यसैको परिणामा भएको बताउनु भयो ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भक्तपुरमा नेकपा (एमाले) ले प्रतिनिधिसभा तर्फ भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा तर्फ सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्र जित्ने दाबी गर्नुभयो । उहाँले मध्यपुर थिमीमा एमाले र काँग्रेको कडा प्रतिसपर्धा हुने दाबी गर्नुभयो ।

आफू प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएपछि भक्तपुरलाई संबृद्धि बनाउने योजना आफूसँग भएको चर्चा गर्दै बस्नेतले भारी मतले आफू निर्वाचन जित्नेमा सबैलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू