अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

‘एनआरएन’ अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार कार्की र पोखरेललाई

बिआरटीनेपाल २०७४ असोज २० गते ८:१९ मा प्रकाशित

यस वर्षको ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ होम कार्की (नेपाल) र नवीन पोखरेल (बेलायत) लाई दिइने भएको छ ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) युके र नेपाल पत्रकार महासङ्घ, युके शाखाद्वारा संयुक्तरुपमा स्थापित उक्त पुरस्कार आज यहाँ बसेको पुरस्कार छनोट समितिको बैठकले कार्की र पोखरेललाई दिने निर्णय गरेको नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

रु एकलाख एकहजार राशि भएको पुरस्कार यही असोज २८ र २९ गते काठमाडौँमा हुन गइरहेको एनआरएनको आठौँ विश्व सम्मेलनमा प्रदान गरिने महासचिव विष्टले बताउनुभयो ।

प्रवासी नेपालीका बारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एक जना नेपालभित्र र एक जना प्रवासका पत्रकारलाई हरेक दुई वर्षमा हुने एनआरएन विश्व सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गर्ने गरिन्छ ।

छनोट समितिमा महासङ्घका अध्यक्ष गोविन्द आचार्य संयोजक तथा पत्रकारद्वय बबिता बस्नेत र भगिरथ योगी सदस्य रहनुभएको थियो ।

कान्तिपुर दैनिकमा आबद्ध कार्की लामो समयदेखि खाडी मुलुकमा नेपालीले भोग्नुपरेका समस्याका बारेमा रिपोर्टिङ गर्दै आउनुभएको छ भने अर्का पत्रकार पोखरेल भने बि नेपाली डटकमका प्रधानसम्पादक रही एक दशकदेखि बेलायतका नेपालीका बारेमा समाचार सङ्कलन, सम्प्रेषण गर्दै आउनुभएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू