अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

नेपालगन्ज भन्सारका सुरक्षाकर्मीले गर्दै आएको ‘अवैध असुली’ चाडपर्वमा अझ मौलाउँदै

बिआरटीनेपाल २०७४ असोज १२ गते १३:५५ मा प्रकाशित

नेपालगन्ज भन्सारमा हुने अवैध असुली पर्वका बेला झन् मौलाउदै गैरहेको छ । पर्वका बेला सामान खरिद गर्न जानेहरुसग भन्सार चेकजाचमा खटिएका सुरक्षाकर्मीहरुले अवैध रुपमा रकम असुल्ने गरेको पाइएको हो ।

घरायसी सामान ल्याउनेहरुसग अवैध असुल्न खोज्दा झगडा समेत हुने गरेको छ ।नेपालगन्जका केही व्यवसायीहरुले भन्सार गराउनु भन्दा अवैध रुपमा ‘क्यारिङ्ग’ मार्फत भन्सार छलेर सामान भित्र्याउने गरेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघले समेत पटकपटक भन्सार कडाई गर्न आग्रह गरेपनि व्यवसायीहरुले ‘क्यारिङ्ग’ मार्फत भन्सार छलेर भित्र्याउने प्रवृत्ति निरुत्साहित गर्न कुनै ठोस कदम भने चालेको पाइदैन ।

यद्यपि, संघले विभिन्न कार्यक्रमहरुमा व्यवसायीहरुलाई त्यसो नगर्न आग्रह भने गर्ने गरेको छ ।

‘चेकजाच गर्ने सुरक्षाकर्मी पिच्छे १० देखि सय रुपैया दिएर सामान भन्सार नगरी ल्याउछौं’, क्यारिङ्गमा संलग्न एक व्यक्तिले भने ।

क्यारिङ्ग मार्फत भन्सार छलेर सामान भित्र्याउने व्यक्तिहरु राजश्व छलेर कमाउ धन्दामा लागेका छन् भने सुरक्षाकर्मीहरु पनि भन्सार गराउन तर्फ भन्दा आफैले केही रकम असुलेर छोड्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू