अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

तस्करी र भ्रष्ट्राचारलाई सरकारले नै प्रोत्साहित गरेको छ – नेता पाण्डे

बिआरटीनेपाल २०७४ भदौ २१ गते ११:०५ मा प्रकाशित

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेपालमा तस्करी र भ्रष्ट्राचारलाई सरकारले नै प्रोत्साहित गरिरहेको बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पाण्डेले सरकारले तत्काल भ्रष्ट्राचार र तस्करी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

सरकारले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायलाई सहयोग नगरेको कारण नेपालमा तस्करी र भ्रष्ट्राचार मौलाउँदै गएको उनले बताए ।

उनले नेकपा एमालेले भ्रष्ट्राचारलाई प्रश्रय नदिने र भ्रष्ट्राचार गरेकोलाई नछोड्ने बताउँदै इतिहासमा एमालेका नेतामाथि भ्रष्ट्राचारको दाग नलागेको बताए ।

नेकपा एमाले नै नेपाली जनताको सहयोगी भएका कारण स्थानीय तहको तेस्रो चरणको निर्वाचनका साथै प्रदेश र संसदको निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गर्दै नेता पाण्डेले तीनै तहका निर्वाचनका जीत हासिल गर्ने र आगामी मंसिरको अन्तिम साता नेकपा एमालेको बहुमतको सरकार निर्माण हुने ठोकुवा गरेका छन् ।

नेकपा एमालेका बाहेकका अरु राजनीतिक दलहरु नेपालको समृद्धि र विकासमा उदासिन रहेको बताउँदै उनले नेपालको समृद्धिका लागी नेकपा एमाले नै पहिलो शक्ति भएको जिकिर गरे ।

नेपालको विकासमा काँग्रेस नै बाधक रहेको बताउँदै बैदेशिक चलखेलकै कारण नेपालमा तत्कालिन सरकारले ल्याएका विकासका कार्यक्रम अहिलेसम्म पनि कार्यान्वयनमा आउन नसकि थन्किरहेको उनको आरोप छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू