अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

बाढीपहिराबाट १९ बालबालिकाको मृत्यु

बिआरटीनेपाल २०७४ भदौ १७ गते ४:४२ मा प्रकाशित

काठमाडौँ, १७ भदौ । मुलुकका विभिन्न जिल्लामा आएको बाढीपहिराका कारण विद्यालयका १९ बालबालिकाको मृत्यु भएको छ ।

पहाडी जिल्लामा आएको पहिरो तथा तराई जिल्लामा आएको बाढीका कारण सिन्धुली, डोटी, सुर्खेत, बारा, दाङ, कैलाली, सर्लाही, बाँके, सिरहा, सप्तरी, धनुषा, मकवानपुर र चितवनका विद्यार्थीको मृत्यु भएको शिक्षा मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै ती जिल्लाका करिब ५०० विद्यालयको भौतिक संरचनामा क्षति पुगेको छ । सुनसरी र झापाको क्षति विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रभावित जिल्लाका पीडितले आश्रय लिएका कारण विद्यालयहरू सञ्चालन हुन सकेको छैन ।

सप्तरीका ३८ विद्यालयमा करिब रु दुई करोड mर धनुषाका २६ विद्यालयमा करिब रु ६६ लाखको क्षति भएको जनाइएको छ । अन्य जिल्लाको क्षतिको विवरण सङ्कलन गरिने क्रममा रहेको पोखरेलले जानकारी दिनुभयो । क्षति भएका केही विद्यालयको पुनःनिर्माण गरी सञ्चालन गर्नुपर्ने बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू