अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

गैह्र आबसिय नेपाली सङ्घद्वारा सप्तरी जिल्लाको विकट गाउका बाढी पीडितलाई राहत वितरण

बिआरटीनेपाल २०७४ भदौ ८ गते ६:४० मा प्रकाशित

काठमाडौँ : नेपालका लागि नेपाली भन्ने मूल मन्त्र सहित सहयोगी हातहरू अगाडी बढाउदै आएका गैह्र आवासीय नेपालीहरू नेपाल आमालाई दुख पर्दा, आपत् बिपत हुँदा सदैव सहयोग गर्न तत्पर रहेर आफ्नै हात बाट सामाजिक कार्यमा हातेमालो गर्दै आएका छन् l गैह्र आबसिय नेपाली सङ्घले २०७२ सालको महाभुकम्प देखि २०७४ सालको बाढी पीडित सम्म आउँदा धेरै उदारणीय काम गर्दै आएको छ l गैह्र आबसिय नेपाली सङ्घमा आबद्ध नेपालीहरूले जन्मभुमी प्रतिको आफ्नो दायित्व सधैँ निर्वाह गर्दै आएको छन् भने दुखको घडीमा सदैव नेपालीहरूको लागि अबिभाबकको दायित्व निर्वाह गर्दै आएको छ l

अहिले नेपालको तराई क्षेत्रमा भएको बाढी पिडितहरुको लागि पनि गैह्र आबसिय नेपाली सङ्घका अधक्ष्य डा. शेष घले, बरिष्ट समाजसेवी जमुना गुरुङ, गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यम बहादुर (त्रिलोक) गुरुङ, गैह्र आवासीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय संयोजक सोनाम शेर्पा लगायतका प्रतिनिधिहरू आफै सप्तरी जिल्लाको अति विकट तथा अहिले सम्म कहीँ कतै बाट राहत नपुगेको मैना कदेरी गाउपालिकामा भएका बाढी पीडित जनता सम्म दैनिक उपभोग्यका सम्मानहरु चामल, दाल, तेल, नुन,तथा अन्य खाने कुराहरूको साथमा झुल तथा पनि सफा गर्ने पियुस लगायतका दैनिक जीवनका महत्त्वपूर्ण समानहरु उक्त गाउपालिकामा रहेका ६०० सय घर परिवारलाई वितरण गरिएको जानकारी गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यम बहादुर (त्रिलोक) गुरुङले गराएका छन् l

विगत दुई दिन देखि बाढी पीडित राहत वितरणमा खटिएको गैह्र आबसिय नेपाली सङ्घका प्रतिनिधिहरूले उक्त गाउँ सम्म पुग्न सडक समेत बिग्रिएको हुँदा बाटो समेत आफैलाई बनाउँदै उक्त राहत वितरण टोली विकट स्थान सम्म पुगेर पीडितको मुहारमा खुसी तथा आशाका किरण ल्याउन सफल भएको थियो l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू