अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

‘विवेकशील साझा ग्लोबल’द्वारा नेपालका बाढी पिडितलाई सहयोग रक़म संकलन सुरु

बिआरटीनेपाल २०७४ साउन २९ गते १०:४७ मा प्रकाशित

‘हामी नष्ट हुनेछौँ तर भ्रष्ट हुने छैनौ’ भन्ने प्रतिज्ञाका साथ नेपालमा गठन भएको विवेकशील साझा पार्टीको लागि सद्भाव राख्ने विवेकशील साझा समूह ग्लोबलले हालै नेपालको तराई क्षेत्रमा आएको बाढी र पहिरो पिडितहरुका लागि गोफण्ड मार्फ़त राहत रक़म संकलन शुरु गरेको छ।

हामी प्रवासमा छौ। हाम्रो तराई क्षेत्र डुवानमा छ र यती वेला रोगको संक्रमण, रासन र लत्ता कपडा नभएर जनजीवन कष्टकर भएको छ। अतस् फजुलको खर्च रोकि आ-आफ्नो तह र तप्काले भ्याए सम्म ति पिडित परिवारको सहयोगमा हातेमालो गरौ भन्न्दै सबै शुभचिन्तकहरुलाई सहयोगका लागी अनुरोध गरीएको छ ।

सो सम्बन्धि भर्खरै प्राप्त समाचार अनुसार शुभेच्छुकबाट संकलित सो रक़म बाढी तथा पहिरोको प्रकोप क्षेत्रमा अत्यन्तै पारदर्शिता अनुसार बितरण गरिने कुरा राहत अभियानका संयोजक डा । राजेन्द्र पंगेनीले बताउनु भयो। बीस हज़ार डलरको राहत संकलनको लक्ष्य भएको सो अभियानमा लेखक सुनिलमणी दाहाल र सरगम भट्टराईले पनि ऐकवद्दता ब्यक्त गर्दै सबैलाई सक्दो सहयोग गर्न अनुरोध गरेका छन्। त्यसै गरी स्वतन्त्र ग़ैर आवासीय नेपालीहरुले पनि सक्दो सहयोग गर्ने जनाएका छन्। गोफन्डको प्रयोग गरी संसारको कुनै पनि कुनाबाट क्रेडिट या डेबिट कार्डको प्रयोग गरि केही मिनेटमै सरल तरीकाले सहयोग गर्न सकिन्छ।

सहयोगका लागि तलको लिंकमा जानुहोला

https://www.gofundme.com/nepalflood-bibeksheelsajha

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू