अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

कोलोराडोमा आयोजित ‘सांगीतिक साँझ-२०१७’ सम्पन्न

बिआरटीनेपाल २०७४ वैशाख ३ गते ४:२३ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यको अरोरा शहरमा  शनिबार सुगम सांगीतिक साझ  २०१७ नामक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली भाषी भूटानी युवा कलाकारहरुको उपस्थितमा आयोजना भएको सो कार्यक्रममा नयाँ वर्ष २०७४ सालको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

घोषित समय भन्दा १ घण्टा ४० मिनेट ढिलो गरि सुचारु भएको कार्यक्रममा भोकलमा किशोर सिवाकोटी र टेक दुतराज थिए भने कि-बोर्डमा गणेश गजमेर, बासुरीमा सर्बजित राई, तबलामा दिनेश शङ्कर गितारमा सरण गुरुङ र गणेश छांग रहेका थिए ।

त्यसै अन्य सांगीत संयोजनको लागि अरुण तामांगको भूमिका रहेको थियो ।  कार्यक्रम संचालक बिर्ख गुरुङले कार्यक्रममा सम्पुर्ण कलाकारहरुलाई स्वागत गरे पछि सांगीतिक माहोल तातिएको  थियो । गायक टेक दुतराजले गायक भक्ताराज आचार्यको मुटु जलिरहेछ,यो मन गलिरहेछ बोलको गीत प्रस्तुत गरेर कार्यक्रममा सांगीतिक माहोल प्रवेश गराएका थिए । कार्यक्रममा गायक दुतराजसंगै अरुण तामांग,किशोर सिवाकोटीलगायतले नेपाली गीत संगीत प्रस्तुत गरेर कार्यक्रम भर दर्शकहरुलाई मनोरंजन प्रदान गर्न भरपुर कोसिस गरेका थिए भने सो कार्यक्रम एक बाल कलाकारको नृत्य समेत प्रस्तुत गरिएको थियो ।

विशेष सांगीतिक कार्यक्रममा लोकप्रिया अनि चर्चित गीतहरुले कार्यक्रम भर स्थान पाइरहेको थियो । अमेरिकामा रहेका नेपाली भाषी भूटानी युवा कलाकारहरुले नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको जति नै प्रशंसा गरे पनि अपुरो नै हुन्छ । कोलोराडोमा आयोजना भएको सो सांगीतिक कार्यक्रमले समेत युवा कलाकारको जोश देखिएको छ ।

दर्शकहरुको बाक्लो उपस्थित नभए पनि कार्यक्रममा दर्पण छायाँ-२ कि निर्माता साबु गदाल कार्की, नेपाली भाषी भूटानी समाजसेवी शेर मिजार, रघु धौराली, सोम बराल र अमेरिकी नागरिकहरुको समेत उपस्थिति रहेको थियो ।

नोट:-

प्रतिक्रिया