अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

अमेरिकामा जातीय विभेद विरुद्ध परामर्शिय कार्यक्रम सम्पन (फोटो फिचर)

बिआरटीनेपाल २०७३ चैत ६ गते १३:१० मा प्रकाशित

अमेरिकाको कोलोराडोमा सामाजिक न्यायको लागि दलिद बिषयक परामर्शिय कार्यक्रम सम्पन्न भएको छ । जातिभेद विरुद्ध विश्व मञ्चको आयोजनामा ५२ औँ अन्तर्राष्ट्रिय जाती भेद उन्मुलन दिवसको अवसरमा आयोजित सो कार्यक्रम शनिवार सम्पन्न भएको हो । 

प्रमुख अथिती महामहिम नेपालका लागि अमेरिकाका पूर्व राजदूत (Scott DeLisi) स्कट डेलेसीले दलित समुदायको नेपाल सरकार गरेको गतिविधि उल्लेख गर्दै यसको पूर्ण उन्मुलनको लागी राजनीतिक पार्टी, नागरिक समाज लगायत राज्यको उत्तिकै भूमिका रहन्छ, यसको अन्त्यको लागि प्रवेशमा रहेका नेपाली समाजले उत्तिकै रूपमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् भने । 

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की आउने भनिए पनि कार्कीको कार्य व्यवस्थाका कारण उनी उपस्थिति हुन नपाएपछि राजदूत डा. कार्कीले भिडियो मार्फत कार्यक्रमको सफलताको शुभकामना सन्देश दिएका थिए ।

दुई चरणमा राखिएको कार्यक्रमको पहिलो चरणमा दलितमाथी हुने भेदभावको बारेमा विभिन्न बक्ताहरुले बोलेका थिए । कार्यक्रमका विशेष अतिथि नेपाल सरकारका सह-सचिव डा. मान बहादुर विश्वकर्माले जातीय विभेदका कारण समाज र राज्यले नै अप्ठ्यारो बेहोरि रहेको कुरा बताएका थिए भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले दलिद माथिको भेदभाव ग्रामीण भेगमा मात्र होइन जुन ठाउँ र देशमा पुगेपनि धेरै मान्छेमा विभेदको संस्कार अझै रहेको कुरा उठाएका थिए । त्यस्तै डा. रमेश विश्वकर्माले समाजले दलितमाथी गर्ने व्यवहार अन्त्य नहुँदा उनीहरूले भोग्नु परेका समस्या बारे बताए । 

कार्यक्रममा अरोरा सिटी कार्यालयका प्रतिधी ईमानिया रिमेरा, रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका महासचिव विनोद त्रिपाठी, कलाकार नबराज श्रेष्ठ लगायत अन्य बक्ताहरुले जातीय विभेद अन्त्यका लागि समाज, राज्य र व्यक्ति स्वयम्ले खेल्नु पर्ने भूमिकाबारे आफ्ना धारणा राखेका थिए । 

कार्यक्रमको दोस्रो चरणमा डा. द्रोण रसाईली र डा. मान बहादुर विश्वकर्माले जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीहरूले खेल्नु पर्ने भूमिका बारे आफ्ना बिचार राखेका थिए । उक्त दुवै कार्यक्रमको अध्यक्षता ग्लोबल फोरमका अध्यक्ष तिर्थ बर्माले गरेका थिए भने कार्यक्रमको सन्चालन अमृत विश्वकर्माले र स्वागत अर्जुन बगालेले गरेका थिए ।

फोरमको दोस्रो काउन्सिल बैठकले नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट देवलशी, डा मानबहादुर विश्वकर्मा र डा रमेश विश्वकर्मालाई ग्लोबल फोरमको सल्लाहकारमा मनोयन गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू