अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

गजल

सुनिल मणि दाहाल २०७३ चैत १ गते २२:४२ मा प्रकाशित

हराएका मेरा खुसीहरू

 

तिम्रो अभावमा हराएका छन् मेरा खुसीहरू
लुटनेहरू धेरै भए बचेनन अव मेरा खुसीहरू।

जवानीमा घात भयो याद गर्छु छायॉ सरी
सम्झना पनि विझाउने घाउ बने मेरा खुसीहरू।

सात फन्को केही दिनको छुट्यो सपना सरी
चुडिएर हराएको चड्गा भए मेरो खुसीहरू।

भगवान् पनि बैरी भए साथ लगे वतासै सरी
कालो बादल भित्र खोजौ कता मेरा खुसीहरू ।